क्वारेन्टाइनमा मृत भेटिए युवक
<p>कैलाली । बाजुराको बडिमालिका नगरपालिका २ भौनेरास्थित सत्यवादी माविको क्‍वारेन्टाइनमा एक युवक मृत फेला परेका छन्।</p>
<p>सोही नगरपालिकाको माझीगाउँका ४५ वर्षीय भुपेन्द्र दमाईं हिजो राति झुन्डिएको अवस्थामा मृत फेला परेको सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए ।</p>
<p>मृतक दमाईं ३० जेठमा भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्याजस्तो देखिएकोले थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
