कोभिड-१९ का मृतक संख्यामा पनि ब्राजिल दोस्रो नम्बरमा

ब्रासिलिया। कोरोना भाइरस संक्रमणका ज्यान गुमाउनेहरूको संख्याका आधारमा पनि ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पुगेको छ।

मृतक संख्याको आधारमा ब्राजिलले बेलायतलाई उछिनेको जोन हकिन्स विश्‍वविद्यालयले जनाएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ सय नो जनाको मृत्यु भएको छ। र, मृतक संख्या ४१ हजार आठ सय २८ पुगेको छ। बेलायतमा हालसम्म ४१ हजार पाँच सय ६६ जनाले ज्यान गुमाएका छन्।

बीबीसीका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा २५ हजार नौ सय ८२ संक्रमित थपिएका छन्। र, कुल संक्रमित आठ लाख २८ हजार आठ सय १० पुगेका छन्।

ब्राजिलका राष्ट्रपति जायर बोल्सानारोले यस महामारीलाई गम्भीरतापूर्वक नलिएकामा आलोचना भइरहेको छ। उनले कोरोनालाई सामान्य फ्लु बताउने गरेका छन्।

घना आवादी रहेका साओ पाउलो, रियो डी जेनेरियोलगायत शहरमा लकडाउन खुकुलो बनाउँदै लगिएको छ।

प्रतिक्रिया दिनुहोस्