युक्रेनका राष्ट्रपतिकी पत्नीलाई कोरोना संक्रमण

किभ। युक्रेनका राष्‍ट्रपति भोलोदिमिर जेलिन्स्कीकी पत्‍नी ओलेनालाई कोभिड-१९ पोजिटिभ देखिएको छ।

पत्‍नीलाई कोरोना संक्रमण देखिएपछि राष्‍ट्रपति जेलिन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन्।

“आगामी दिनमा राष्‍ट्रपतिका सबै बैठक, सावैजनिक कार्यक्रम र राजधानी बाहिरका सबै भ्रमण रद्द गरिएको छ,” राष्‍ट्रपति कार्यालयका प्रवक्ताले विज्ञप्तिमार्फत भनेका छन्।

बीबीसीका अनुसार राष्‍ट्रपति जेलिन्स्कीकी पत्‍नी ओलेनाले हिजो आफ्नो कोरोना परीक्षणको नतिजा पोजिटिभ आएको जानकारी दिएकी थिइन्।

तर, आफ्ना पति र दुई सन्तानको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको उनले बताएकी छन्। तत्काल अस्पताल भर्ना नहुने र केही दिन परिवारबाट टाढा बस्‍ने पनि उनले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्