काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको बेला नेपालमा परीक्षण सम्भव थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त थिए तर, रिएजेन्ट नभएका कारण नमूना हङकङ पठाउनुपरेको थियो।
तर, अहिले देशका २१ वटा प्रयोलशालामा कोभिड–१९ को परीक्षण हुन्छ। अहिलेसम्म एक लाख २१ हजार ८६२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ।
यसमध्ये पाँच हजार ६२ जनामा संक्रमण देखिएको छ भने एक लाख १६ हजार ८०० जनामा संक्रमण देखिएको छैन। नेपालमा संक्रमण पुष्टि भएकामध्ये १६ जनाको मृत्यु भएको छ भने ८७७ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

कुन प्रयोगशालामा कति परीक्षण ?
सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको छ। त्यहाँ ४३ हजार ६२८ नमूना परीक्षण भएका छन्।
त्यसपछि कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ६ हजार ७६० नमूना परीक्षण भएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ६ हजार ४९९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ६ हजार ४५१, सेती प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा ६ हजार ३४ नमूना परीक्षण भएका छन्।
कोशी अस्पताल विराटनगर ५ हजार ८५५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ हजार ३०७, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा १५८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एक हजार २३२ नमूना परीक्षण भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नारायणी अस्पताल वीरगञ्जमा ४ हजार ८४५, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ७९४, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला ३ हजार ६९७, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा २ हजार ८२२ नमूना परीक्षण भएका छन्।
यसैगरी, धुलिखेल अस्पताल काभ्रेमा ४ हजार ५०३, पाटन अस्पताल ललितपुरमा एक हजार ८८२, वीर अस्पताल काठमाडौंमा एक हजार ८८६, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५७२, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठा कास्कीमा ४ हजार ९६९, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा रूपन्देहीमा ४ हजार ५५८, भेरी अस्पताल नेपालगञ्जमा ५ हजार ६०० र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ हजार ८१० नमूना परीक्षण भएका छन्।
स्वास्थ्य मन्त्रालयले अहिलेसम्म एक लाख ८८ हजार ५२ जनाको आरडीटी विधिबाट परीक्षण भएको समेत बताएको छ।

संक्रमित पाँच हजार नाघेपछि निजी अस्पतालमा पनि उपचार
नेपालमा आज ४४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको छ। तर, यीमध्ये ८७७ जना कोरोनामुक्त भएका र १६ जनाको मृत्यु भएका कारण अहिले सक्रिय संक्रमितको संख्या चार हजार १६९ रहेको छ।
सक्रिय संक्रमितको संख्या पाँच हजार नाघेपछि सरकारले नेपाल कोरोना उपचारको तेस्रो चरणमा पुग्ने बताएको छ। पछिल्लो साता हरेक दिन थपिएको संक्रमितको संख्या हेर्दा सक्रिय संक्रमितले पाँच हजार नाघ्न पनि धेरै दिन लाग्ने देखिदैन। त्यसपछि सरकारले उपचारको तयारीमा केही परिवर्तन गर्नेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महीना तयार पारेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार पाँच हजार जना सक्रिय संक्रमित भएपछि तेस्रो चरणको स्वास्थ्य तयारी गरिनेछ। त्यसै योजना अन्तरगत अब सबै निजी अस्पताल पनि क्षमताअनुसार कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रयोग गरिनेछन्।
त्यसैगरी, आरटीडी वा अन्य विश्वसनीय पीओसी मोलिक्युलर परीक्षणलाई सम्भव भएसम्म समुदायलाई नै स्क्रिनिङ गर्ने सरकारी तयारी छ।
लक्षण नदेखिएका संक्रमित घरमै राखिनेछ र उनीहरूलाई व्यक्तिगत स्वास्थ्यसम्बन्धी अत्यावश्यकीय सामग्री घरमै आइसोलेसनमा रहेकाहरूलाई दिइने पनि ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा उल्लेख गरिएको छ।
इन्फोग्राफिक्स : भक्त थापा मगर।