काठमाडौं। सरकारले लकडाउन सामान्यीकरण गर्नको लागि मापदण्ड तयार गरेर लागू गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड २०७७’ आज स्वीकृत गरेर लागू गरेको हो।
मन्त्रालयले सामाजिक दूरी, मास्कको प्रयोग र स्यानिटाइज (एसएमएस)लाई व्यवस्थित लकडाउनको अत्यावश्यक मापदण्डको रूपमा उल्लेख गरेको छ।
नयाँ मापदण्ड अन्तर्गत सबै किसिमका जमघट र भेलाहरूमा कम्तिमा दुई मिटर (६ फिट)को दूरी अनिवार्य रूपमा कायम गर्नुपर्ने, घर बाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्ने र सार्वजनिक स्थल र कार्यालयहरूले आफ्नो परिसरमा हात धुन साबुन र पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउनु पर्ने गरी मापदण्ड लागू गरिएको छ।
स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको मापदण्ड अनुसार कुनै एक जिल्लामा कोरोना संक्रमितको संक्रिय संख्या २०० जनासम्म भएमा नयाँ मापदण्डको आधारमा सुरक्षाको उपाय अपनाएर पेशा व्यवसाय सञ्चालन गर्न सकिने तर, २०० भन्दा बढी संक्रमितको संख्या भएमा उक्त जिल्लालाई पूर्ण रूपमा लकडाउन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।
त्यसैगरी, सार्वजनिक यातायता सञ्चालन गर्ने अवस्थामा एक लहरको एउटा सिटमा एक जना क्रस गरेर बस्ने व्यवस्था मिलाउनुपर्ने र सबैले मास्क प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको छ।
आधारभूत मापदण्ड अन्तर्गत अनावश्यक वस्तु तथा सतहहरू नछुने, आँखा, नाक र मुखलाई अनावश्यक रूपमा नछुने, खोक्दा र हाछ्यु गर्दा रूमाल वा टिस्यू पेपरले मुख छोप्नुपर्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने लगायतको विषय उल्लेख गरिएको छ।
पैसाको कारोबार गर्दा विद्युतीय कारोबारलाई प्राथमिकता दिन, ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूले सकभर जनसम्पर्कमा नआउन भनिएको छ।
त्यसैगरी, संस्थागत रूपमा प्रयोग गर्नुपर्ने मापदण्ड अन्तर्गत प्रत्येक दिन कार्य आरम्भ गर्नुभन्दा पहिला थर्ममिटरबाट ज्वरो नाप्नुपर्ने र १००.४ डिग्री फरेनहाइट भन्दा बढी तापक्रम भएमा काममा नलगाउने, कार्यलयहरूमा फेस रिडिङबाट हाजिरी गर्ने व्यवस्था मिलाउने र त्यस्तो सम्भव नभएमा सुपरीवेक्षकले अभिलेख राख्ने विषय मापदण्डमा उल्लेख गरिएको छ।
" /> काठमाडौं। सरकारले लकडाउन सामान्यीकरण गर्नको लागि मापदण्ड तयार गरेर लागू गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड २०७७’ आज स्वीकृत गरेर लागू गरेको हो।

">