करेन्ट लागेर सप्तरीमा एकजनाकाे मृत्यु
<p>काठमाडौं। सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।</p>
<p>खड्क नगरपालिका-५, खोजपुर बस्ने ४० वर्षीय उमाकान्त चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।</p>
<p>पानी तान्ने मोटरबाट पोखरीमा पानी पठाउने क्रममा करेन्ट लागेकाे उनलाई उपचारको लागि सप्तऋषि अस्पताल लहान सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
<p>प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ। </p>
प्रतिक्रिया दिनुहोस्
