काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीको क्वारेन्टाइनमा बिरामी भई उपचारपछि घर लैजाने क्रममा मृत्यु भएका ५७ वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले अर्चाखाँचीका मृतकमा कोरोना संक्रमण पुष्टि भएको र योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको बताए।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको नमूना परीक्षणमा हिजो ती मृतकमा कोरोना संक्रमण पुष्टि भएको थियो। १२ दिनअघि भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेकै समयमा उनी गम्भीर बिरामी भई लुम्बिनी अस्पताल लगिएको थियो।
त्यहाँबाट उपचार गरेर लैजाने क्रममा उनको २८ जेठमा बाटोमा नै मृत्यु भएको थियो।्
अर्घाखाँचीको मालारानी गाउँपालिका-४ स्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परेपछि उपचारका लागि उनलाई बुटवल लगिएको थियो।
उनको २३ जेठमा नमुना संकलन गरेर परीक्षणका लागि बुटवल पठाइएको थियो। श्वास फेर्न समस्या भएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो।
" /> काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीको क्वारेन्टाइनमा बिरामी भई उपचारपछि घर लैजाने क्रममा मृत्यु भएका ५७ वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।

">