कैलाली। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित भेटिएनन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले २४ घण्टाको अवधिमा संक्रमित नभेटिएको बताए।
उनले २४ घण्टामा परीक्षण गरिएका १५० जनाको रिपोर्ट नेगेटिभ आएको बताए।
सुदूरपश्चिममा २९ जेठमा मात्र ४ दिने शिशुसहित २७ जनामा कोरोनाको संक्रमण देखिएको थियो।
अहिलेसम्म सबैभन्दा बढी कैलालीमा ६७, कञ्चनपुरमा ३४, बाजुराका २१, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका ३ जना मध्ये २ जनाको कर्णाली प्रदेश र १ जनाको नेपालगञ्जमा कोरोना पोजिटिभ देखिएको हो।
सुदूरपश्चिममा अहिलेसम्म १९१ जना संक्रमित भेटिएका छन्। उनीहरूमध्ये दुईजनाको मृत्यु भएको छ भने १९ जना कोरोनामुक्त भएर घर फर्किएका छ्न।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित भेटिएनन्।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले २४ घण्टाको अवधिमा संक्रमित नभेटिएको बताए।

">