बाबुको हत्या गरेको आराेपमा एक पक्राउ
<p>काठमाडौ। सोलुखुम्बु महाकुलुङ गाउँपालिकामा बाबुको हत्या गरेको आराेपमा छोरा पक्राउ परेका छन्।</p>
<p>महाकुलुङ-४, लुचामका १९ वर्षीय कुवेर कुलुङलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।</p>
<p>प्रहरीका अनुसार ५७ वर्षीय सन्तकुमार राई हिजो राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेर हत्या गरेका थिए।</p>
<p>ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
