पाँच थान भरुवा बन्दुकसहित ६ जना पक्राउ
<p>काठमाडौं। बागलुङ ताराखोला गाउँपालिका-१, दरौंदीबाट एकनाले भरुवा बन्दुक पाँच थानसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्नेहरू ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ४२ वर्षीय टंकबहादुर रोका, ३७ वर्षीय होमबहादुर रोका, २९ वर्षीय खिमानन्द कँडेल र ४९ वर्षीय बमबहादुर घर्ती रहेका छन्।</p>
<p>घरमा अवैधरूपमा हातहतियार खरखजना लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त भरुवा बन्दुक फेला पारेकाे हाे। </p>
<p>उनीहरूमाथि हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद थपकाे अनुमति लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
