धरानबाट आठ काेराेना संक्रमित डिस्चार्ज
<p>काठमाडौं। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p>प्रतिष्ठानका अनुसार झापाका एक, पाँचथरका एक, सुनसरीका तीन र ताप्लेजुङ्गका तीनजना गरेर आठजना संक्रमित डिस्चार्ज भएका हुन्।</p>
<p>आठैजना संक्रमितको अन्तिम कोरोना परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।</p>
<p>योसहित धरानबाट १०० जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
