एटीएम ताेडफाेड गर्नेकाे तस्वीर सार्वजनिक

कैलाली। मध्यराति धनगढीको चौराहामा रहेको एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्ने व्यक्तिको तस्वीर प्रहरीले पाएकाे छ।

सीसीटीभी फुटेजबाट तस्वीर निकालिएपछि प्रहरीले खाेजी शुरू गरेकाे छ।

एटिएमभित्र जडान गरिएको सीसीटिभी क्यामेरामा कैद भएको तस्वीर पाएपछि खोजी शुरू गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

उनले एटिएमको मेसिनमा क्षति पुगेको भए पनि रकम भने चोरी नभएको बताए।

बैंकका म्यानेजर दीपक विष्टले समेत एटीएममा क्षति भए पनि पैसा भने सुरक्षित नै रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्