काठमाडौं। नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले आज नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरूलाई मास्क र स्यानिटाइजर सहयोग गरेका छन्।
संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई १०० थान केएन-९५ मास्क र १०० थान स्यानिटाइजर हस्तान्तरण गरेका थिए।
श्रेष्ठले पुल्चोक इन्जिनियरिङ कलेज अल्मुनाई एशाेसिएसन र दावाली मिलन क्लबको तर्फबाट उक्त सामग्री सहयोग गरेको बताए।
“कोरोनाविरुद्धको युद्ध सामूहिक भावनाले मात्र जित्न सकिन्छ। फ्रन्टलाइनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेका हौं”, श्रेष्ठले भने।
श्रेष्ठको पहलमा यसअघि पनि नेपाल चिकित्सक संघलाई पनि एक हजार थान केएन-९५ मास्क सहयोग गरिएको थियो।
" /> काठमाडौं। नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले आज नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरूलाई मास्क र स्यानिटाइजर सहयोग गरेका छन्।संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई १०० थान केएन-९५ मास्क र १०० थान स्यानिटाइजर हस्तान्तरण गरेका थिए।

">