कञ्चनपुर। कञ्चनपुरको लालझाडी संरक्षित वन क्षेत्रमा रहेका वन्यजन्तुको अवस्थाबारे अध्ययन गर्न ‘क्यामेरा ट्रयापिङ’ जारी छ।
वन्यजन्तुको वासस्थान, वन्यजन्तुका प्रजाति पहिचान गर्न र संख्या यकिन गर्न सो कार्य शुरू गरिएको थियो।
जेठको पहिलो सातादेखि संरक्षित वन क्षेत्रको ‘कोर’ एरियालाई छाडेर अन्य क्षेत्रमा ट्र्रयापिङको कार्य भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले बताए।
वन्यजन्तुको अवस्था पहिचानसँगै वन्यजन्तुको चोरी शिकारी र वनपैदावार तस्करी गर्नेहरूको पहिचान गर्नका लागि क्यामेरा ट्रयापिङको कार्य अगाडि बढाएकाे उनकाे भनाइ छ। उनले भने, “एक महीनासम्म क्यामेरा ट्रयापिङको कार्य जारी रहन्छ।”
तराई भू-परिधि कार्यक्रम (ताल)को सहयोगमा संरक्षित वन क्षेत्रमा सो कार्य भइरहेको छ। संरक्षित वन क्षेत्रको चुरेदेखि तराईका क्षेत्रसम्म ४० वटा स्वचालित क्यमेरा जडान गरिएका छन्।
वन्यजन्तुले हिँड्ने करिडाेर, घाँसे मैदान, वन क्षेत्रका रहेका ताल तलैया, सम्भावित वन्यजन्तु र वनपैदावारको चोरी हुने क्षेत्रमा क्यामेरा राखिएका छन्।
क्यामेरा ट्रयापिङको सहायताले गरिएको अध्ययनमा हालसम्म वन क्षेत्रमा चित्तल, ठूलो बिरालो, चितुवा, निलगाई, बँदेललगायतका जनावर देखा परेका छन्।
संरक्षित वन क्षेत्रमा जडान गरिएका मध्ये तीनवटा क्यामेरा चोरी भएका छन्। क्यामेरा चोरी गर्नेको खोजी कार्य शुरू गरे पनि हालसम्म फेला नपरेको मानन्धरले बताए।
जेठ मसान्तमा क्यामेरा ट्रयापिङको कार्य पूरा भएपछि वन क्षेत्रमा क्यामेरामा देखिएका वन्यजन्तु र चोरी शिकारीको अवस्थाबारे विश्लेषण गरी अध्ययनमा खटिएका व्यक्तिले डिभिजन वन कार्यालयमा प्रतिवेदन पेश गर्नेछन्।
प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षण, वासस्थानमा सुधार र चोरी शिकारी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे डिभिजन वन कार्यालयले योजना बनाई कार्यान्वयन गर्ने बताइएको छ। लालझाडी संरक्षित क्षेत्र हात्ती, पाटेबाघलगायतको आवतजावत गर्ने बसोबास गर्ने वासस्थानका रूपमा परिचित छ।
वन, जैविक विविधता तथा जैविक मार्गको व्यवस्थापनका लागि संरक्षित वन घोषणा गरिएको हो। संरक्षित वनको ८७ प्रतिशत भाग तराई र १३ प्रतिशत भाग चुरे क्षेत्रमा पर्छ। सं
रक्षित वनको क्षेत्रफल २९ हजार ६४१ दशमलव ७५ हजार हेक्टर छ। रासस
" /> कञ्चनपुर। कञ्चनपुरको लालझाडी संरक्षित वन क्षेत्रमा रहेका वन्यजन्तुको अवस्थाबारे अध्ययन गर्न ‘क्यामेरा ट्रयापिङ’ जारी छ।वन्यजन्तुको वासस्थान, वन्यजन्तुका प्रजाति पहिचान गर्न र संख्या यकिन गर्न सो कार्य शुरू गरिएको थियो।

">