काठमाडौं। ओमानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई घर फर्काउनको लागि छुट्टै जहाज चार्टर गरेको छ।
सरकारले ४ असारमा हिमालय एअरलाइन्स र ७ असारमा नेपाल एअरलाइन्सको जहाज पठाएर ओमानमा रहेका नेपालीलाई ल्याउने उडान तालिका तय गरेको थियो। यी दुई उडानमार्फत ओमानको मस्कटबाट नेपालीहरूलाई काठमाडौं ल्याउन लागिएको हो।
उक्त उडानको लागि भाडा भने प्रतियात्रु ५१० अमेरिकी डलर (करीब ६२ हजार रूपैयाँ) तोकेको छ।
तर, ओमानस्थित नेपाली राजदूतावासले सरकारले तोकेको भन्दा आधा मूल्यमा नै जहाज चार्टर गरेर नेपालीहरूलाई घर फर्काउन लागेको छ।
दूतावासले सूचना प्रकाशन गरेर ७ असारको लागि सलाम एअरको जहाज चार्टर गरेको बताएको छ। उक्त उडानमा स्वदेश फर्कन चाहनेहरूले प्रतियात्रु ११५ ओमानी रियल (करीब ३५ हजार ५०० रूपैयाँ) टिकट मूल्य तिर्नुपर्ने भनिएको छ।
दूतावासले २९ जेठमा सूचना प्रकाशन गरेर दोस्रो उडानका लागि टिकट खरिद गर्न ओमानमा रहेका नेपालीहरूलाई आग्रह गरेको छ।
दूतावासले उक्त उडानमा टिकट निश्चित भएपछि मात्रै कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण गर्न भनेको छ।
पीसीआर विधिबाट कोभिड-१९ परीक्षण गराएर नेगेटिभ नतिजा आएकाहरू नेपालमा आएपछि सरकारले बनाएको क्वारेन्टाइनमा नबसी सीधै घरमा गएर होम क्वारेन्टाइनमा बस्न पाइने दूतावासले सूचनामा उल्लेख गरेको छ।
" /> काठमाडौं। ओमानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई घर फर्काउनको लागि छुट्टै जहाज चार्टर गरेको छ।सरकारले ४ असारमा हिमालय एअरलाइन्स र ७ असारमा नेपाल एअरलाइन्सको जहाज पठाएर ओमानमा रहेका नेपालीलाई ल्याउने उडान तालिका तय गरेको थियो। यी दुई उडानमार्फत ओमानको मस्कटबाट नेपालीहरूलाई काठमाडौं ल्याउन लागिएको हो।

">