काठमाडौं। अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा लकडाउन कोभिड-१९ अनलाइन भिडिओ पुम्से च्याम्पियनसिप हुने भएको छ।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन्।
"कोरोना भाइरसका कारण खेलकुद गतिविधि ठप्प प्राय छ। खेलाडीलाई अवसर दिन र केही हदसम्म भएपनि चलायमान बनाउन प्रतियोगिताले मद्दत गर्छ भन्ने विश्वासका साथ आयोजना गर्न लागिएको हो,’ निर्देशक महर्जनले भने।
२१-२७ जुनसम्म पहिलो चरणमा कलर बेल्ट प्रतिस्पर्धा हुनेछ। यल्लो, ग्रिन, ब्ल्यु र रेड बेल्टको प्रतिस्पर्धामा पुरुष/महिलामा समान ७-७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
त्यसपछि १२-१८ जुलाईमा ब्ल्याकबेल्टतर्फ दोश्रो चरणमा खेल हुने छ। पुरुष/महिलामा समान ११-११ गरी २२ पदकका लागि भिडन्त हुने छ। दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको महर्जनले बताए।
डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा हुन लागेको प्रतियोगितामा कम्तीमा पनि २५ राष्ट्रको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सहभागीले दुई मिनेटभन्दा बढाइ श्रब्यदृष्य पठाउनुपर्ने छ। पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गर्नेछन्।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महर्जनसहित रिचार्ड स्याक्स्, रेमन्ड सु, लभ गोर्खाली, विपिन श्रेष्ठ, एलेक्जनडर लिम, किशोर महर्जन र सुदिन महर्जन सम्मिलित आयोजक समिति गठन गरिएको छ।
बढीभन्दा बढी खेलाडीले सहभागिता जनाउन सकुन् भन्ने उद्देश्यले दर्ता शुल्क पनि थोरै राखिएको निर्देशक महर्जनले बताएका छन्। सहभागीले कलर बेल्टतर्फ ५ युएस डलर र ब्ल्याकबेल्टतर्फ १० युएस डलर बुझाउनुपर्नेछ।
नेपाली खेलाडीको सहजीकरणका लागि रामचन्द्र ब्यञ्जनकार, रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम सम्मिलित ४ सदस्यीय टोली गठन गरिएको छ। अन्य देशको हकमा पनि सम्र्पक व्यक्ति तोकिएको छ।
महर्जनका अनुसार आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको १३ औं संस्करण कोरोना भाइरसका कारण स्थगित भएपछि आयोजकले थोरै भएपनि खेलाडीको मनोबल उच्च बनाउन अनलाइन प्रतियोगिता गर्न लागिएको हो।
च्याम्पियनसिपको १३ औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो। उक्त च्याम्पियनसिप हरेक दुई वर्षको अन्तरालमा एकपटक अमेरिका र अर्को पटक अमेरिका बाहिर हुँदै आएको थियो।
१२ औं संस्करण सकिँदासम्म अमेरिकाको पोर्टल्यान्डमा ५ पटक र नेपालमा ४ पटक भइसकेको छ। बाँकी १/१ संस्करण भारत, बेलायत र हङकङमा भएका थिए।
" /> काठमाडौं। अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा लकडाउन कोभिड-१९ अनलाइन भिडिओ पुम्से च्याम्पियनसिप हुने भएको छ।अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन्।

">