इन्स्टामा खाना पकाउँदै गरेको केही सेकेण्डको भिडिओ पोस्ट गरिन्। लकडाउनमा घरमे बसिरहनुपरेको यो बेलाको सदुपयोग गर्दै उनले अहिले ‘चपचप डायरी’ सिरिज चलाउन थालेकी छन्।

जसमा उनले विभिन्न प्रकारका खाना पकाउँदै गरेको र अरुलाई सिकाउने खालको भिडिओ राखेकी छन्। २३ जेठमा उनले पहिलो भिडिओ पोस्ट गरेकी थिइन्। उक्त भिडिओमा प्रियंकाले क्रिमी पास्ता बनाउन सिकाएकी छन्। त्यस्तै २७ जेठमा पोस्ट गरेको दोस्रो भिडिओमा प्यानमा पिज्जा बनाएकी छन्।
खाना पकाउनु उनको लागि नयाँ शुरूआत भएको उनी बताउँछिन्। त्यो भन्दा पहिले उनले नियमित खाना पकाएकी थिइनन्।
“यो गर्न आउँदैन, बिजी हुन्छु भनेर भान्छाबाट पन्छिने गर्थें। कहिलेकाँहि वाध्यताले पकाउनुपर्यो भने पनि चाउचाउ र चिया बिस्कुट खान्थें,” उनले भनेकी छन्, “लकडाउन भएर दुई महीना घर बसेपछि मैले पनि पकाउन थालेँ। वास्तवमा मलाई खाना पकाउन मन लाग्यो। र, यो सजिलो पनि रहेछ।”
आफूले सिकेका खानेकुराको रेसिपीहरु अरुलाई पनि बाँड्नको लागि 'चपचप डायरी' भिडिओ मार्फत् आएको उनी बताउँछिन्।
उनी भन्छिन्, “कुनै पनि कुरा सिक्ने प्यासन भयो भने चाँडै सिकिँदो रहेछ। मैले पनि यही प्रोसेसमा सिक्दै गएको हो। अहिले मलाई लाग्छ, जोकोहीले खाना पकाउन सक्छ।”
उनलाई तातो कुराहरु मिक्सचरमा राखेर चलाउन डर लाग्छ। यस काममा भने उनलाई पति आयुष्मानले सहयोग गर्ने गरेका छन्।
" /> इन्स्टामा खाना पकाउँदै गरेको केही सेकेण्डको भिडिओ पोस्ट गरिन्। लकडाउनमा घरमे बसिरहनुपरेको यो बेलाको सदुपयोग गर्दै उनले अहिले ‘चपचप डायरी’ सिरिज चलाउन थालेकी छन्।

">