काठमाडौं। सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुरस्थित सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले ड्युटीमा रहेको सशस्त्र प्रहरी बलमाथि आक्रमण गरेपछि भएको झडपमा एक भारतीय नागरिकको मृत्यु भएको छ।
अनधिकृत रूपमा ४०/४५ जनाको समूह नेपाल प्रवेश गरेर आक्रमणको प्रयास गरी हतियारसमेत खोस्न थालेपछि झडप भएको सशस्त्र प्रहरी बलका अधिकारीले बताएका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतीय समूहले आएर ढुंगामुढासहित आक्रमण गरेको र ड्युटीमा रहेको सशस्त्र प्रहरीको हतियारसमेत खोसेपछि स्थिति तनावग्रस्त बनेको देखापढीलाई बताए।
“शुरूमा ४०/४५ जना मात्रै थिए। उनीहरूलाई सशस्त्रले रोकेको थियो”, जीसीले भने, “पछि एक/डेढसयको संख्यामा आएरै आक्रमण हुन थाल्यो।”
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले पनि भारतीय नागरिकबाट आक्रमण र हतियार खोस्ने काम भएपछि सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर गरेको बताए।
झडपका क्रममा सशस्त्रका तीनजना जवान घाइते भएको उनले बताए। “एकजनाको मृत्यु भएको छ”, उनले भने, “अहिले त्यहाँको अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।”
सशस्त्रले एसएलआर बन्दुक खोस्ने भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। हतियार पनि फिर्ता गरिसकेको सशस्त्र प्रहरीले जनाएको छ।
" /> काठमाडौं। सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुरस्थित सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले ड्युटीमा रहेको सशस्त्र प्रहरी बलमाथि आक्रमण गरेपछि भएको झडपमा एक भारतीय नागरिकको मृत्यु भएको छ।अनधिकृत रूपमा ४०/४५ जनाको समूह नेपाल प्रवेश गरेर आक्रमणको प्रयास गरी हतियारसमेत खोस्न थालेपछि झडप भएको सशस्त्र प्रहरी बलका अधिकारीले बताएका छन्।

">