काठमाडौं। प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकका समस्या समाधान गर्न माग गरेको छ।
सयौँ प्राध्यापकहरूलाई वर्षौदेखि ज्यालादारीमा काम लगाएर त्रिभुवन विश्वविद्यालयले बौद्धिक श्रम गरिरहेको र लकडाउनका कारण अवस्था अझ जटिल भएको भन्दै संघले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ।
यसअघि सरकारले गरेको निर्णय कार्यान्वयन गरी समस्या समाधान गर्न संघका अध्यक्ष जगत तिमल्सिना र महासचिव राजेन्द्र गौतमको संयुक्त हस्ताक्षरमा जारि विज्ञप्तिमा माग गरिएको छ।
लकडाउनका कारण लामो समयदेखि पठनपाठन बन्द रहेको अवस्थामा आंशिक प्राध्यापकलाई परेको मर्काको समाधानका लागि पटकपटक सदनमा कुरा उठाएको स्मरण गराएको छ।
आंशिक प्राध्यापकलाई महामारीको कारण अध्ययन अध्यापन हुन नसकेको अवधिको मासिक २० हजार रूपैयाका दरले शैक्षिक भत्ता उपलब्ध गराउन संघको माग छ।
त्रिविले १४ बर्षदेखि ज्यालादारीमा बौद्धिक शोषण गरिरहेकाले आफूहरूलाई मासिक तलब दिने गरी करार नगरेसम्म काममा नफर्किने आंशिक प्राध्यापक संघका अध्यक्ष डाक्टर महेश गजुरेलले बताए।
८ मंसीर २०७४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा त्रिभुवन विश्वविद्यालयमा एक हजार ४४० दरवन्दी थप गर्ने र आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय गरेको थियो।
तर, निर्णय कार्यान्वयन नभएपछि त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक आन्दोलन गरिरहेका छन्।
" /> काठमाडौं। प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकका समस्या समाधान गर्न माग गरेको छ।सयौँ प्राध्यापकहरूलाई वर्षौदेखि ज्यालादारीमा काम लगाएर त्रिभुवन विश्वविद्यालयले बौद्धिक श्रम गरिरहेको र लकडाउनका कारण अवस्था अझ जटिल भएको भन्दै संघले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ।

">