काठमाडौं। इङ्लिस प्रिमियर लिग पुनः शुरू हुँदा खेलाडी र प्रशिक्षक टीमले रंगशालाभित्र मास्क लगाउनु नपर्ने भएको छ।
खेलाडीलाई नथुक्न, नाक सफा नगर्न र गोल गरेपछि सामाजिक दूरीको नियम उल्लंघन नगर्न सुझाइएको छ। खेलमा ‘बल ब्वाई वा गर्ल’ हुदैनन्। ‘स्टेरिलाइज्ड रिप्लेसमेन्ट बल सिस्टम’को प्रयोग हुनेछन्।
महामारीका कारण स्थगित भएर १७ जुनबाट पुनः शुरू हुन लागेको प्रिमियर लिगमा पहिलो खेल एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेलबाट हुनेछ।
जर्मनीमा बुन्डेसलिगा शुरू हुँदा खेलाडी तथा टीमका कर्मचारीले खेल्न मैदान छिर्दा बाहेक सबै समयमा मास्क अनिवार्य लगाउनुपर्ने थियो।
तर, प्रिमियर लिगमा भने मास्क नलगाए पनि हुनेछ। बेन्चमा बस्दा वा चेन्जिङ रूममा पनि मास्क लगाउनु पर्ने छैन। खेलाडी र प्रशिक्षकमात्र नभई फोर्थ अफिसियल, डक्टर र फिजियोले पनि नलगाए पनि हुन्छ।
प्रिमियर लिगले हिजो, २९ जेठको पहिलो खेलअघि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गर्ने निर्णय गरेको छ। त्यस्तै अग्रपंक्तिमा खटिने नेशनल हेल्थ सर्भिसका कर्मचारीको सम्मानमा जर्सीमा मुटुको आकार दिइएको ब्याच लगाइनेछ।
हिजै सम्पन्न बैठकमा क्लबहरूले मेडिकल र खेल संचालनको कार्यविधिको पालना गर्ने सहमति जनाएका छन्। खेल हुने दिन क्लबहरूले अनावश्यक व्यक्तिलाई रंगशाला प्रवेशमा कडाई गर्नुपर्नेछ। मैदानलाई पनि टनेल र मैदान गरी दुई भागमा विभाजन गर्नुपर्नेछ।
प्रत्येक रंगशालामा ३०० मान्छे मात्र प्रवेश गर्न पाउनेछन्। त्यस्तै 'रेड जोन' मा खेलाडी, क्लब स्टाफ र अफिसियलसहित ११० बाहेक अन्यले प्रवेश गर्न पाउने छैनन्। कर्नर फ्ल्याग, गोल पोष्ट, खेलाडी परिवर्तनका लागि प्रयोग हुने बोर्ड, म्याच बल राम्रोसँग सफाइ गर्नुपर्नेछ।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिग पुनः शुरू हुँदा खेलाडी र प्रशिक्षक टीमले रंगशालाभित्र मास्क लगाउनु नपर्ने भएको छ।खेलाडीलाई नथुक्न, नाक सफा नगर्न र गोल गरेपछि सामाजिक दूरीको नियम उल्लंघन नगर्न सुझाइएको छ। खेलमा ‘बल ब्वाई वा गर्ल’ हुदैनन्। ‘स्टेरिलाइज्ड रिप्लेसमेन्ट बल सिस्टम’को प्रयोग हुनेछन्।

">