कैलाली। धनगढीको चौराहामा रहेको एनआईसी एशिया बैंकको एटीएम गएराति तोडफोड भएको छ।
बैंकको चौराहास्थित प्रादेशिक कार्यालयको एटीएम मध्यराति १२ बजे तोडिएको बैंकमा रहेको सीसीटीभीमा देखिएको छ।
सीसीटीभीमा कैद भएको दृश्य अनुसार मास्क लगाएको र हातमा पहेलो कलरको घडी लगाएको व्यक्तिले राति १२ बजे सीसीटीभी उल्टो फर्काएको देखिएको छ।
बैंकका म्यानेजर दीपक विष्टका अनुसार ती व्यक्तिले एटीएमको अगाडिको ढोका फोडेका छन्।
प्रहरीले अनुसन्धान गरिरहेकोले मेसिनबाट पैसा निकालिएको वा ननिकालिएको अहिले नै भन्न नसकिने विष्टले बताए।
जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले एटीएम तोडफोडबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।
" /> कैलाली। धनगढीको चौराहामा रहेको एनआईसी एशिया बैंकको एटीएम गएराति तोडफोड भएको छ।बैंकको चौराहास्थित प्रादेशिक कार्यालयको एटीएम मध्यराति १२ बजे तोडिएको बैंकमा रहेको सीसीटीभीमा देखिएको छ।

">