सप्तरी। सप्तरीका १७ जना एकैपटक कोरोनामुक्त भएर घर फर्किएका छन्।
भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टाइनमा सुरक्षार्थ खटिँदा संक्रमित भएका दुई प्रहरीलाई हिजो, २९ जेठ साँझ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटल आइसोलेसनबाट डिस्चार्ज गरिएको हो।
पछिल्लोपटक गरिएको परीक्षणमा कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो।
डिस्चार्ज भएकाहरूमा बोदेबर्साइन नगरपालिकाका आठ, राजविराज नगरपालिका-१० का तीन, बलानबिहुल गाउँपालिकाका दुई, खडक र बिष्णुपुरका एक/एक साथै सुरुङ्गाको क्वारेन्टाइनमा खटिएका सिरहा धनगढी-१० का प्रहरी सहायक निरीक्षक र बोदेबर्साइन क्वारेन्टाइनमा खटिएका पर्सा जगरनाथपुर-६ का प्रहरी हवल्दार छन्।
गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, कोभिड-१९ व्यवस्थापन इन्चार्ज डा. रणजीतकुमार झा, डा. जितेन्द्र यादवले पूर्ण स्वास्थ्यलाभको कामनासहित उनीहरूलाई बिदाई गरेका छन्। रासस
" /> सप्तरी। सप्तरीका १७ जना एकैपटक कोरोनामुक्त भएर घर फर्किएका छन्।भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टाइनमा सुरक्षार्थ खटिँदा संक्रमित भएका दुई प्रहरीलाई हिजो, २९ जेठ साँझ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटल आइसोलेसनबाट डिस्चार्ज गरिएको हो।

">