ट्युनिसिया डुंगा दुर्घटनामा कम्तीमा ४८ आप्रवासीको मृत्यु

काठमाडौं। आप्रवासी शरणार्थी बोकेर इटलीतर्फ गइरहेको एउटा डुङ्गा ट्युनिसियामा दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले जानकारी गराएको छ ।

मृत्यु हुनेमा अधिकांश महिलाहरू छन्। हिजो पुष्‍टि गरिएको सो दुर्घटना भने तीन दिनअघि भएको हो।

ट्युनिसियाको बन्दर्गाह शहर स्फाकमा भएको दुर्घटनाबारे स्थानीय माझीहरूले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

हिजो, २९ जेठमा भएको खोजीमा थप १३ जनाको शव सामुद्रिक तट क्षेत्रबाट निकालिएको छ।

डुङ्गामा यात्रारत हराइरहेका अन्य यात्रुहरूको खोजीकार्य भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्