काठमाडौं। कोरोना भाइरस संक्रमणको असर सबैभन्दा धेरै प्रदेश २ मा देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको विवरण अनुसार प्रदेश २ मा संक्रमितको संख्या एक हजार ६७१ पुगेको छ।
संक्रमित मात्र होइन, कोरोनामुक्त हुनेको संख्या पनि प्रदेश २ मै बढी छ।
स्वास्थ्य मन्त्रालयका अुनसार देशभर संक्रमितको संख्या चार हजार ६१४ पुगेको छ।
१५ जनाको मृत्यु भएको छ भने ८६१ जनाका कोरोनामुक्त भएका छन्। आज मात्रै १८७ जना कोरोनामुक्त भएका छन् ।
अब देशभर आइसोलेसनमा हुनेको संख्या तीन हजार ७३८ छ भने क्वारेन्टाइनमा एक लाख ६२ हजार १३ जना बसिरहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९३० नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १९४ नमूना परीक्षण गरिएका छन्।
त्यस्तै, आरडीटी किट विधिबाट हालसम्म एकलाख ७८ हजार १४३ नमूना परीक्षण भएका छन् भने पछिल्लो २४ घण्टामा ५ हजार २६३ नमूना परीक्षण भएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा २५० जना संक्रमित थपिएका छन्।
चार दिनका शिशुमा पनि संक्रमण
आज संक्रमण पुष्टि भएका २५० जनामध्ये एक जना चार दिनका शिशु पनि छन्।
कैलालीको धनगढीस्थित् प्रयोगशालामा गरिएको परीक्षणमा चार दिनका शिशुलाई पनि संक्रमण देखिएको हो।

उनी नेपालमा सबैभन्दा कम उमेरका संक्रमित बन्न पुगेका छन्। आज उनीसहित धनगढीको प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको हो।
ती शिशु चार दिनअघि मात्रै क्वारेन्टिनमा जन्मिएका थिए। उनी बाजुराको बुढीगंगा नगरपालिकाका हुन्।
अर्घाखाँचीमा मृत्यु भएका व्यक्तिमा संक्रमण पुष्टि
अर्घाखाँचीको एक क्वारेन्टाइनमा बिरामी भई उपचारपछि घर लैजाने क्रममा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको नमूना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए।
अर्घाखाँचीको मालारानी गाउँपालिका–४ स्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परेपछि उपचारका लागि उनलाई बुटवल लगिएको थियो।

त्यहाँबाट उपचार गरेर फर्किने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो। उनको २३ जेठमा नमूना संकलन गरेर परीक्षणका लागि बुटवल पठाइएको थियो।
श्वास फेर्न समस्या भएपछि हिजो, २८ जेठमा उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार गरेर फर्किने क्रममा मृत्यु भएको हो।
प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर चौधरीले पनि मृत्यु भएका व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे।

यद्यपी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रूपमा कोराना संक्रमणबाट मृत्यु भएको अहिलेसम्म पुष्टि गरिसकेको छैन।
नेपालमा यसअघि कोभिड–१९ बाट १५ जनाको मृत्यु भइसकेको छ।
इन्फोग्राफिक्स : भक्त थापा मगर।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको असर सबैभन्दा धेरै प्रदेश २ मा देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको विवरण अनुसार प्रदेश २ मा संक्रमितको संख्या एक हजार ६७१ पुगेको छ।

">