भक्तपुर। भक्तपुर अस्पतालमा सबै सेवा पुनः सञ्चालन भएका छन्।
अस्पतालमा २५ जेठमा सिन्धुपाल्चोक लिसङ्खुपाखा गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको मृत्यु भएपछि रोकिएको सेवा आजबाट सञ्चालन गरिएको हो।
सुत्केरी भएको आधा घण्टापछि श्वासप्रश्वासमा समस्या आएका कारण मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्कामा सेवा बन्द गरिएको थियो।
२७ जेठमा कोरोना नेगेटिभ नतिजा आएपछि सोहीदिन जिल्ला प्रशासनले शव व्यवस्थापन गरेको थियो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले हिजो आकस्मिक कक्ष सञ्चालन गरे पनि अस्पतालका सबै कक्षमा भाइरस निर्मलीकरण र अस्पताल सरसफाइ गरेपछि आजदेखि अस्पतालले सबै सेवा सञ्चालनमा ल्याएको बताए। रासस
" /> भक्तपुर। भक्तपुर अस्पतालमा सबै सेवा पुनः सञ्चालन भएका छन्।अस्पतालमा २५ जेठमा सिन्धुपाल्चोक लिसङ्खुपाखा गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको मृत्यु भएपछि रोकिएको सेवा आजबाट सञ्चालन गरिएको हो।

">