फाइल तस्वीर।
बैतडीको क्वारेन्टाइनबाट पाँच हजार जना घर फर्किए
बैतडी। भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीमा अहिलेसम्म नौ हजार ५२१ जना क्वारेन्ठाइनमा बसिसकेका छन्।

सोमध्ये चार हजार १५० जना अझै क्वारेन्टाइनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

हाल क्वारेन्टाइनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उहाँले बताउनुभयो।

उनीहरूको कोभिड-१९ परीक्षण भइरहेको र परीक्षणपश्चात घर पठाइने जनाइएको छ।  क्वारेन्टाइनको १४ दिन बसाइपछि भने पाँच हजार ३७१ जना घर फर्किसकेका छन्।

यसैबीच जिल्लामा हालसम्म छ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको छ। त्यसमध्ये छ हजार ३८४ जनाको आरडीटी विधिबाट गरिएको हो भने ५९३ जनाको पीसीआर विधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा दुईजनाको पोजिटिभ आएको छ।

जिल्लाका सबै स्थानीय तहमा गरेर १९६ स्थानमा छ हजार २३९ बेडको क्वारेन्टाइन स्थापना गरिएका छन्।

बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टाइनमा राख्न शुरु गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्