काठमाडौं। अर्घाखाँचीको एक क्वारेन्टाइनमा बिरामी भई उपचारपछि घर लैजाने क्रममा मृत्यु भएका ५७ वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको नमूना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए।
अर्घाखाँचीको मालारानी गाउँपालिका–४ स्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परेपछि उपचारका लागि उनलाई बुटवल लगिएको थियो।
त्यहाँबाट उपचार गरेर फर्किने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो। उनको २३ जेठमा नमूना संकलन गरेर परीक्षणका लागि बुटवल पठाइएको थियो।
श्वास फेर्न समस्या भएपछि हिजो, २८ जेठमा उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार गरेर फर्किने क्रममा मृत्यु भएको हो।
प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर चौधरीले पनि मृत्यु भएका व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे।
यद्यपी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रूपमा कोराना संक्रमणबाट मृत्यु भएको अहिलेसम्म पुष्टि गरिसकेको छैन।
यसअघि अर्घाखाँचीका एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो।
" /> काठमाडौं। अर्घाखाँचीको एक क्वारेन्टाइनमा बिरामी भई उपचारपछि घर लैजाने क्रममा मृत्यु भएका ५७ वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको नमूना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए।

">