एम्नेस्टी इन्टरनेसनलले तयार पारेको नयाँ प्रतिवेदनमा श्रमिकहरूको आवासीय अनुमति नवीकरण गर्न क्यूएमसी कसरी विफल भएको छ र यसका कारण श्रमिकहरूको पक्राउ र निष्कासनमा पर्ने लगायतको जोखिम बढेको छ भन्ने समेटएिको छ।
तलब दिनमा भएको ढिलाईले अल बयातका घाना, केन्या, नेपाल, फिलिपिन्स लगायत अन्य देशका १०० जना जति आप्रवासी श्रमिकलाई असर पारेको छ ।
धेरै श्रमिकको आवासीय अनुमति हाल समाप्त भएकाले श्रमिकहरूको अवस्था अझ खराब भएको छ।

एम्नेस्टी इन्टरनेसनलको खुलासा- ‘कतारमा विश्वकप रङ्गगशाला बनाउने नेपालका श्रमिकलाई पनि पारिश्रमिक दिइएन’: Dekhapadhi
एम्नेस्टी इन्टरनेसनलको खुलासा- ‘कतारमा विश्वकप रङ्गगशाला बनाउने नेपालका श्रमिकलाई पनि पारिश्रमिक दिइएन’

काठमाडौं। कतारको फिफा विश्वकप रङ्गशालाका लागि निर्माणका लागि काम गरिरहेका आप्रवासी श्रमिकहरूले सात महिनासम्म बिना पारिश्रमिक काम गर्नुपरेको एम्नेस्टी इन्टरनेसनलले खुलासा गरेको छ। त्यसरी पारिश्रमिक नपाई काम गर्न बाध्य पारिएकामा नेपाली पनि छन्।

कतारको अल बयात रङ्गशालाको बाहिरी आवरण निर्माणका लागि काम गरिरहेका करीब १०० जना श्रमिकले निर्माण कम्पनी कतार मेटा कोट्स (क्यूएमसी) बाट भुक्तानी नपाएका हुन्।

यो हप्ता एम्नेस्टी इन्टरनेसनलले कतारी अधिकारी, फिफा र कतार विश्वकपको आयोजक समिति ‘सुप्रिम कमिटि फर डेलिभरी एण्ड लिगेसी’सँग यो मुद्दा उठाएको थियो। त्यसपछि केही श्रमिकले आफूले पाउनुपर्ने अंशमध्येको केही पारिश्रमिक पाउन थालेको एम्नेस्टीले जनाएको छ। तर, उनीहरूले अझै धेरै पारिश्रमिक पाउन बाँकी नै छ ।

“आप्रवासी श्रमिकहरूले लगातार महिनौँसम्म बिना तलब श्रम गर्नुपर्दाको कठिनाइबारे हामीलाई बताएका छन्। आफ्ना बालबच्चाको विद्यालय र स्वास्थ्य शुल्क तिर्नसमेत कतारबाट पठाएको पैसामा निर्भर रहेका आफ्ना परिवारका बारेमा उनीहरू चिन्तित छन्” एम्नेस्टी इन्टरनेसनलका आर्थिक, सामाजिक न्याय शाखाका प्रमुख स्टिभ ककबर्नले भनेका छन्, “विश्वकपको एउटा राजमुकुट नै निर्माण गरिरहँदा पनि श्रमिकलाई शोषण गर्न कतारमा अझै पनि कति सहज छ भन्ने एउटा खराब उदाहरण हो।”