काठमाडौं। नेपालसहित दक्षिण एशियाली मुलुकमा कोरोना भाइरस संक्रमित करीब पाँच लाख पुग्न थालेका छन्।
आज बिहानसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा दुई लाख ७६ हजार ५८३ जना संक्रमित भएका छन् भने कम भुटानमा ५९ जना।
भुटानमा अहिलेसम्म कसैको पनि कोभिड-१९ का कारण ज्यान गएको छैन। सबैभन्दा बढी मृत्यु पनि भारतमै भएको छ–सात हजार ७४५ जना।
नेपाल लामो समयसम्म दक्षिण एशियाका आठमध्ये संक्रमण कम भएका देशको सूचीमा भुटानभन्दा माथि थियो। तर, पछिल्लो समय संक्रमित र मृतकको संख्या बढ्दै जाँदा नेपाल माल्दिभ्स र श्रीलंका भन्दा बढी प्रभावित भएको छ।
यी दुवै देशमा दुई हजार भन्दा कम संख्यामा संक्रमित छन् भने मृतकको संख्या श्रीलंका र माल्दिभ्समा क्रमशः ११ र ८ छ। नेपालमा अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ भने चार हजार ३६४ जना संक्रमित छन्।
संक्रमितको संख्या हरेक दिन बढ्दो छ। नेपाल भन्दा बढी प्रभाव भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा परेको छ।
आठ देशमा गरी चार लाख ९१ हजार ३६४ जना संक्रमित भएकोमा ११ हजार ३९३ जनाको मृत्यु भएको छ भने एक लाख ९१ हजार ९१२ जना कोरोनामुक्त भएका छन्।
विश्वव्यापी रुपमा भारत धेरै प्रभावित देशहरुको सूचिमा छैठौं नम्बरमा छ। भारतभन्दा माथि अमेरिका, ब्रजिल, रुस, बेलायत र स्पेन छन्। नेपाल ७६औं नम्बरमा छ।