कैलाली। कैलालीका ६ वटा स्थानीय तहले सामुहिक रूपमा निर्माण गरेको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि टीकापुरको सिटीहलमा तयार गरिएको अस्थायी अस्पताल आजदेखि सञ्चालनमा आएको हो।
स्थानीय तहले ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याउँदै कोरोनाविरुद्ध सामुहिक प्रयास थालेका हुन्।
टीकापुर अस्पतालको समन्वयमा टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकाले संयुक्त रूपमा आइसोलेसन वार्ड सञ्चालन गरेका हुन्।
टीकापुर अस्पतालमा रहेको १२ बेडको आइसोलेसन वार्ड कोरोना संक्रमितले भरिएपछि टीकापुर नगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका २ जना कोरोना संक्रमितलाई क्वारेन्टाइनमै राखिएको छ।
आइसोलेसन वार्डको अभाव भएर कोरोना संक्रमितलाई क्वारेन्टाइनमै राख्नुपर्ने बाध्यता आएपछि स्थानीय तहले संयुक्त रूपमा टीकापुर अस्पतालसँगको सहकार्यमा जनशक्ति र आर्थिक व्ययभार व्यवस्थापन गर्ने गरी ३० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए।
कोरोना संक्रमित बढ्दै जाँदा उनीहरूलाई राख्ने ठाउँ नहुँदा दिनहुँ तनाब हुने गरेको बताउँदै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले नगर विकास समिति टीकापुरमातहत रहेको सिटीहललाई आइसोलेसन बार्ड बनाइएको बताए।
“सेती प्रादेशिक अस्पतालले यता नल्याउनु भन्छ, टीकापुर अस्पतालमा १२ बेड मात्रै छ। त्यही भएर कोरोनाविरुद्ध एक भएर लड्नका लागि हामीले सामुहिक रूपमा ३० बेडको आइसोलेसन वार्ड सञ्चालन गरेका हौं”, नगर प्रमुख रावलले भने।
महिला र पुरुष संक्रमितका लागि फरक-फरक वार्डसहित बनाइएको छ।
सिटीहलमा आइसोलेसन वार्ड निर्माण गरेपछि टीकापुर अस्पतालमा अन्य बिरामीको उपचार समेत सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताए।
टीकापुर अस्पताल व्यवस्थापन समितिले यसअघि ६ वटै स्थानीय तहसँग सर्वपक्षीय बैठक गरेको थियो।
टीकापुर अस्पतालमा रहेका १२ वटा आइसोलेसन बेड संक्रमितले भरिएपछि स्थानीय तहसँगको समन्वयमा टीकापुर सिटीहललाई ३० बेडको आइसोलेसन वार्ड बनाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलले बताए।
हाल टीकापुर नगरपालिकाका ८ जना, भजनी नगरपालिकाका २ जना, जानकी गाउँपालिकाका ७ जना र लम्की चुहा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, लम्की चुहाका दुई जना र जानकी गाउँपालिकाका ५ जना भने कोरोनामुक्त भएर घर फर्किसकेकका छन्।
" /> कैलाली। कैलालीका ६ वटा स्थानीय तहले सामुहिक रूपमा निर्माण गरेको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ।कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि टीकापुरको सिटीहलमा तयार गरिएको अस्थायी अस्पताल आजदेखि सञ्चालनमा आएको हो।

">