बालुवाटारमा सरकारविरुद्ध आज पनि प्रदर्शन
<p>काठमाडौं। कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै आज पनि बालुवाटारमा प्रदर्शन गरिएको छ।</p>
<p>प्रधानमन्त्री निवासको बाहिरी क्षेत्रमा गरिएको प्रदर्शनमा प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनुपर्ने माग गरेका छन्।</p>
<p>प्रदर्शनकारीहरुले सरकारलाई दबाब दिन विभिन्‍न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। </p>
<p>प्रदर्शनकारीहरूलाई हटाउन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार गर्नुका साथै सामान्य बल प्रयोग गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
