कैलाली। जागिरबाट निकालिएपछि शरीरमा पेट्रोल छर्केर आगो लगाइ आत्मदाह गरेका कर्मचारी सिद्धार्थ आउजीको परिवारलाई अछामको बयालपाटा अस्पतालले आर्थिक सहायता सहित रोजगारीको घोषणा गरेको छ।
घटनाको चारदिनपछि अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गरेको हो।
घटनाको चौतर्फि विरोध भएपछि अस्पताल प्रशासनले जागिर खोसिएका सबै ३१ जना कर्मचारीको करार सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको छ।
२६ जेठमा आफ्नै शरीरमा आगो लगाएर घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो।
बयालपाटा अस्पतालका अध्यक्षका सुरज वैद्यले विज्ञप्ति निकालेर ३१ वैशाख २०७७ मा अस्पतालको कार्यकारिणी समितिले आगामी आर्थिक वर्ष २०७७/७८ मा संस्थामा कार्यरत केही कर्मचारीहरूको करार सम्झौता नवीकरण नहुने भनी गरेको निर्णय हाललाई स्थगित गरिएको जनाएका छन्।
अस्पताल प्रशासनले ३२ जना कर्मचारीको करार सम्झौता नवीकरण नगरेपछि सफाइ कर्मचारी आउजीले अस्पताल परिसरमै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
" /> कैलाली। जागिरबाट निकालिएपछि शरीरमा पेट्रोल छर्केर आगो लगाइ आत्मदाह गरेका कर्मचारी सिद्धार्थ आउजीको परिवारलाई अछामको बयालपाटा अस्पतालले आर्थिक सहायता सहित रोजगारीको घोषणा गरेको छ।घटनाको चारदिनपछि अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गरेको हो।

">