दक्षिण कोरियामा ४५, चीनमा ११ नयाँ संक्रमित

सोल। दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० वटा स्थानीय संक्रमितसहित कोभिड-१९ का ४५ जना नयाँ संक्रमित थपिएका छन्।

केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अघिल्लो दिन ५० नयाँ संक्रमित फेला परेका थिए।

यससँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार नौ सय ४७ जना पुगेको छ।

तीमध्ये १० हजार ६ सय ५४ जना उपचारपछि घर फिरिसकेका छन्। हालसम्म दक्षिण कोरियामा दुई सय ७६ जनाले ज्यान गुमाएका छन्।

यस्तै, कोरोना भाइरसको उद्गम थलो चीनमा ११ जना आयातीत बिरामी थपिएका छन्।

स्थानीयस्तरको संक्रमण र मृत्यु भने पाइएको छैन। अन्य एक सय ३० जना स्वास्थ्यकर्मीको निगरानीमा छन्।

चीनमा हालसम्म संक्रमित संख्या ८३ हजार ५७ पुगेको छ भने चार हजार ६ सय ३४ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्