बलात्कारको आरोपमा एक पक्राउ
<p>कैलाली। कञ्‍चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका डीएसपी अमर थापाका अनुसार बेलौरी नगरपालिका ७ का बिरु चौधरीलाई बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो।</p>
<p>हिजो मध्यराति झ्यालबाट छिरेर बालिका सुतेको कोठामा गई बलात्कार गरेको आरोप लागेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले राति नै नियन्त्रणमा लिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
