ट्रयाक्टरले च्यापिएर मृत्यु <p>दमौली। तनहुँको बन्दीपुर गाउँपालिका-६ सराङघाटमा बुधबार राति ट्रयाक्टरमा च्यापिएर एक युवकको मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेमा सोही ठाउँका २२ वर्षीय पञ्&zwj;चराज गुरुङ छन्। बालुवा, ढुंगा लोड गर्ने क्रममा ट्रयाक्टर पल्टिँदा सोही ट्रयाक्टरमा काम गर्ने उनी च्यापिएका थिए।</p> <p>यसैबीच हिजो नै पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नम्बरको स्करपियोको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन्। घाइते रोशन सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। <strong>रासस</strong></p>
प्रतिक्रिया दिनुहोस्