आरडीटी रिपोर्ट पोजिटिभ आएका पुरुषको अवस्था जटिल, आईसीयूमा भर्ना गरियो
<p>कैलाली। आरडीटी रिपोर्टमा कोभिड-१९ पोजिटिभ देखिएका एक पुरुषको अवस्था चिन्ताजनक भएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।</p>
<p>दमको समस्या रहेका घोडाघोडी नगरपालिका १० का ४८ वर्षीय उनी हिजो अस्पताल आएका थिए। उनलाई हिजो आइसोलसन वार्डमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आईसीयूमा लगिएको हो।</p>
<p>अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्‍ठका अनुसार उनको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
