वागमती प्रदेशमा १४४ मा कोरोना संक्रमण, चारको मृत्यु
हेटौंडा। वागमती प्रदेशमा हालसम्म एक सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हालसम्म प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तीमध्ये ३७ संक्रमित उपचारपछि घर फर्केका छन्। बाँकी एक सय तीन जनाको उपचार भइरहेको छ।

मन्त्रालयको कोरोना विभाग प्रमुख डा. पुरुषोत्तम सेढाईंका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी ३१ जनामा संक्रमण पुष्टि भएको छ।

यसअघि कोरोना संक्रमणमा पहिलो रहेको काठमाडौंलाई चितवनसहित धादिङले पनि उछिनेका छन्। कोरोना संक्रमितको संख्या धादिङमा २९ र काठमाडौंमा २७ छ।

दोलखामा हिजो दुई जनामा संक्रमण पुष्टि भएको छ। रसुवा भने हालसम्म संक्रमणबाट मुक्त छ। रासस

प्रतिक्रिया दिनुहोस्