लकडाउनयता सुदूरपश्चिममा २६ दुर्घटना, १५ जनाको मृत्यु
<p>कैलाली । लकडाउनयता सुदूरपश्‍चिम प्रदेशमा भएका २६ वटा सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन । यस्तै, ३५ जना घाइते भएका छन् ।</p>
<p>१० चैतदेखि २८ जेठसम्म सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको सुदूरपश्‍चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी लोकेन्द्र श्रेष्‍ठले जानकारी दिए । सबै दुर्घटनामा तीव्र गति नै मुख्य कारण रहेको उनले बताए ।</p>
<p>लकडाउनका बेला खाली सडकमा तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढेको उनको भनाइ छ । चैतमा २, वैशाखमा ४ र जेठमा नौ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।</p>
प्रतिक्रिया दिनुहोस्
