कोभिड-१९: वुहानलाई छायामा पार्यो मुम्बईले

मुम्बई। भारतको आर्थिक राजधानीको उपमा दिइने गरेको मुम्बईले कोरोना भाइरसका संक्रमित संख्याका आधारमा चीनको वुहान शहरलाई पनि छायामा पारेको छ।

हालसम्म मुम्बईमा संक्रमित संख्या बढेर ५१ हजार पुगेको छ। यो आँकडा संक्रमण उत्कर्षमा रहँदा वुहानमा कोभिड-१९ का बिरामीको संख्याभन्दा बढी हो।

डिसेम्बर २०१९ देखि वुहानबाटै कोरोना भाइरसको संक्रमण शुरु भएको हो। भारतभर दुई लाख ७७ हजार जनाभन्दा बढीमा संक्रमण देखिइसकेको छ। त्यसमध्ये सबैभन्दा बढी ९० हजार संक्रमित महाराष्‍ट्र राज्यमा छन्। मुम्बई महाराष्‍ट्रको राजधानी हो।

संघीय राजधानी नयाँदिल्लीमा पनि पछिल्ला दिनमा संक्रमित ह्वात्तै बढेका छन्। सरकारी निकायले नै जुलाई अन्तिमसम्ममा नयाँदिल्लीमा संक्रमित संख्या पाँच लाख नाघ्‍ने चेतावनी दिएका छन्।

भारतभर लकडाउन खुकुलो बनाउँदै लगिएका कारण भाइरसको संक्रमण तीव्र गतिमा बढ्ने सरकारी निकायहरूकै भनाइ छ। ८ जुनदेखि सपिङमल, धार्मिक स्थल, पसल, बजार र यातायात सुविधा केही शर्तका साथ खोल्न दिइएको छ।

प्रतिक्रिया दिनुहोस्