कोरोना भाइरसमा मौसमको प्रभाव देखिएनः डब्लूएचओ

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसमा मौसमको प्रभाव नदेखिएको स्पष्‍ट पारेको छ। भाइरसको प्रसारमा गर्मीको प्रभाव परेको नपाइएको डब्लूएचओले बताएको हो।

“अहिले हामी मौसम परिवर्तन या तापमान बढ्नु कोरोना भाइरसलाई जवाफ हुन सक्छ भनेर हामी भरोसा गरेर बस्‍न सक्दैनौं,” डब्लूएचओका इमर्जेन्सी कार्यक्रम प्रमुख माइक र्‍यानले भने।

तत्कालका लागि मौसम परिवर्तनबाट भाइरसको जोखिम कम हुन्छ या अझ तीव्र गतिमा फैलिन्छ भन्‍ने कुनै डाटाबेस उपलब्ध नभएको र्‍यानले बताए।

महामारीको शुरुवाती चरणमा गर्मी मौसमसँगै संक्रमण कम हुने आकलन थियो। किनकि, त्यतिवेला जाडो मौसम थियो। तर, जब गर्मी बढ्दै गयो, कोरोना प्रसार रोकिएन।

र्‍यानले कतिवय मुलुकमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव रहेकामा चिन्ता व्यक्त गरे। “कतिपय मुलुकमा स्वास्थ्य सुविधाको स्थिति साह्रै खराब छ र ती मुलुकको अवस्था चिन्ताजनक पनि छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्