काठमाडौं। कुवेतबाट ३०० जना कामदार भोलि काठमाडौं फर्किने भएका छन्। कुवेत सरकारले जजिरा एअरलाइन्सको जहाजमा कुवेतमा अलपत्र परेका ३०० जना कामदारलाई काठमाडौं ल्याइदिन लागेको हो।
कुवेतबाट फर्कन लागेका कामदारमा अधिकांश महिला छन्। कुवेत सरकारले आममाफी दिएका र आश्रय क्याम्पमा बसिरहेकाहरूलाई नेपाल ल्याइदिन लागेको हो।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जजिरा एअरलाइन्सको जहाजलाई कुवेतबाट काठमाडौं उडानको अनुमति दिएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार २९ जेठको बिहान ११ः३० बजे र १ः३० बजे गरी दुईवटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।
कुवेत सरकारले २६ देखि ३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो। त्यसबेला आवेदन गरेका करीब दुई हजार ९०० जना नेपाली कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले बताएको छ।
कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैधरूपमा बसिरहेका र भिसा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्यादिन लागेको हो।
कुवेत सरकराले यसअघि नै उनीहरूलाई नेपाल ल्याइदिन प्रस्ताव गरेको भए पनि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन भएको कारण सरकारले अनुमति दिएको थिएन।
कुवेतबाट फर्किएका नेपालीहरूलाई नेपाली सेनाले विमानस्थलबाट काठमाडौंमा प्रदेशअनुसार तोकिएको होल्डिङ सेन्टरमा लगेर प्रदेश सरकारले तयार गरेको क्वारेन्टाइनलाई जिम्मा लगाउने छ। उनीहरू कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै आफ्नो घर जान पाउनेछन्।
यसअघि म्यानमार २६ जना र यूएई १६८ जनालाई काठमाडौं ल्याइदिएको थियो।
नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेसँगै विदेशमा भएका नेपालीहरूलाई त्यहाँको सरकारले नै काठमाडौं ल्याइदिन थालेको छ।
" /> काठमाडौं। कुवेतबाट ३०० जना कामदार भोलि काठमाडौं फर्किने भएका छन्। कुवेत सरकारले जजिरा एअरलाइन्सको जहाजमा कुवेतमा अलपत्र परेका ३०० जना कामदारलाई काठमाडौं ल्याइदिन लागेको हो।कुवेतबाट फर्कन लागेका कामदारमा अधिकांश महिला छन्। कुवेत सरकारले आममाफी दिएका र आश्रय क्याम्पमा बसिरहेकाहरूलाई नेपाल ल्याइदिन लागेको हो।

">