कैलाली। सुदूरपश्चिममा पाँच दिनदेखि रोकिएको स्वाब संकलन कार्य आजदेखि पुनः शुरू भएको छ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एक मात्र प्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले २३ जेठमा पाँच दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो।
क्वारेन्टाइनमा रहेका आरडीटी पोजिटिभ देखिएका र शंकास्पद लक्षण देखिएकाहरूको आजदेखि स्वाब संकलन शुरू गरिएकाे स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
प्रयोगशालाले दैनिक २५० जनाको मात्र परीक्षण गर्न सक्ने र संकलित एक हजार ६०० स्वाबको नमूना मौज्दात रहेको भन्दै स्वाब संकलन नगर्न २३ जेठमा आफू मातहतका निकायलाई निर्देशनालयले परिपत्र गरेको थियो।
" /> कैलाली। सुदूरपश्चिममा पाँच दिनदेखि रोकिएको स्वाब संकलन कार्य आजदेखि पुनः शुरू भएको छ।सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एक मात्र प्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले २३ जेठमा पाँच दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो।

">