कर्णाली प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण
कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा २५, सुर्खेतमा ९ र जाजरकोटमा ३ जना संक्रमित थपिएका हुन्।
प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणमा दैलेखको अवलपराजुल ४ का २ जना, डुंगेश्वर गाउँपालिकाका २३ जनामा कोभिड-१९ पोजिटिभ आएको छ। उनीहरूमध्ये दुईजना महिला हुन्।
त्यस्तै सुर्खेतको बराहताल गाउँपालिकामा १ जना, सिम्तामा १ जना र गुर्भाकोटका ७ जना रहेका छन्। गुर्माकोटका ३ जना महिला हुन्।
जाजरकोटको छेडागाड नगरपालिकाका २ र शिवालय गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या ७०८ पुगेको छ।
तीनजनाको मृत्यु भइसकेको छ भने २९ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्