कालीकोट दुर्घटना : मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो
कालीकाेट। कालीकोटको लालीघाटमा आज बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ।

मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका-२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए।

दुर्घटनामा परी ६ जना बेपत्ता छन्। बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन्।

बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीकाे टाेलीले खोजी कार्य जारी राखेको छ।

दुर्घटनामा ९ जना घाइते भएका छन्।

घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की छन्। उनीहरूको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको प्रहरीले जनाएको छ।

२२ जनाको भने सकुशल उद्धार गरिएको छ।

कालीकोटको नरहरीनाथ गाउँपालिका-१, लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो। टिपरमा ३९ यात्रु सवार थिए। रासस

प्रतिक्रिया दिनुहोस्