काठमाडौंका दुई औषधि पसललाई ४ लाख जरिवाना
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फार्मेसीलाई कारवाही गरेको छ।

बजार अनुगमनको क्रममा ती फार्मेसीहरूले बिल बिजक जारी नगरी कारोबार गरेको पाइएपछि चार लाख रूपैयाँ जरिवाना तिराइएको हो।

विभागका अनुसार वीर अस्पताल अगाडीको आरफ फार्मेसीले बिल बिजक जारी नगरी अर्कै फर्मको बिल जारी गरेर औषधी बिक्री गर्दै आएको भेटिएको छ।

यस्तै, नयाँ बानेश्वरको साया फार्मेसीले पनि बिल बिजक जारी नगरी औषधी बिक्री वितरण गर्दै आएको थियो।

विभागले ती दुवै फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ञ) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम २/२ कारवाही गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्