चितवन। प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनलाई गणेशस्थानबाट पक्राउ गरिएको हो ।
सुनारको कोठामा लुकाइराखेको अवस्थामा ९ एमएमको पेस्तोल एक थान, फायर भएकोजस्तो देखिने गोली १० थान, खोका दुई थान बरामद भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।
उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हतियार तथा खरखजनासम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाही गरिने कोइरालाले जानकारी दिए। रासस
" /> चितवन। प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनलाई गणेशस्थानबाट पक्राउ गरिएको हो ।

">