काठमाडौ। कालीकोटको नरहरिनाथ गाउँपालिका-१ मा कर्णाली नदीमा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
सो दुर्घटनामा छ जना बेपत्ता भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी बसन्तराज पन्तले ३९ जना सवारमध्ये अहिलेसम्म दुईजनाको मृत्यु भएको बताए।
बेपत्ता छ जनाको खोजी कार्य जारी रहेको पन्तले जानकारी दिए।
“दुर्घटनामा ३१ जना घाईते भएका छन्। ती मध्ये ४ जनाको अवस्था गम्भीर छ”, उनले भने, “गम्भीर घाईतेलाई अस्पताल पुर्याइएको छ। अन्यको उद्धार कार्य जारी छ।”
ना. ८ ख ५१३३ नम्बरको टिपर आज बिहान साढे १० बजेको समयमा कर्णाली नदीमा खसेको थियो।
भारतबाट आएर जिल्लाकै होल्डिङ क्षेत्रमा रहेका रास्कोटमा स्थानीयलाई क्वारेन्टाइनमा राख्न लैजाने क्रममा टिपर दुर्घटना भएको हो।
" /> काठमाडौ। कालीकोटको नरहरिनाथ गाउँपालिका-१ मा कर्णाली नदीमा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।सो दुर्घटनामा छ जना बेपत्ता भएका छन्।

">