बर्दघाट सुस्तापूर्वमा दुईजना कोरोना संक्रमित थपिए <p>काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा थप दुईजनामा कोरोना संक्रमण पुष्&zwj;टि भएको छ।</p> <p>गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २३ र २६ का दुईजना पुरुषमा कोभिड-१९ पोजिटिभ फेला परेको हो।</p> <p>दुवैजनालाई अहिले स्थानीय रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आसोलेसन कक्षमा राखिएको छ।</p> <p>आज थपिएका दुईजना संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको निर्देशनालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्