३९ यात्रु बोकेको टिपर कर्णालीमा खस्यो, २ को मृत्यु, अन्य बेपत्ता
काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिका–१ मा ३९ जना यात्री बोकेको टिपर कर्णाली नदीमा खसेको छ।
अहिले बिहान साढे १० बजेतिर रास्कोट नगरपालिकातर्फ गइरहेको टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी बसन्तकुमार पन्तले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा २ जना मृत भेटिएका छन्। अन्यको उद्दार कार्य जारी छ।
“त्यहाँ अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन्,” उनले भने, “विस्तृत जानकारी आइसकेको छैन। टोलीहरु परिचालन भएका छन्।”
प्रतिक्रिया दिनुहोस्