ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु <p>कैलाली। गए राति लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ।</p> <p>से१त ९८९१ नम्बरको ट्याक्टरले लम्किचुहा नगरपालिका ८ स्थित पूर्वपश्&zwj;चिम राजमार्गमा से७प ५९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा ९ का टेकराज घिमिरेको मृत्यु भएको हो।</p> <p>दुर्घटनामा घाइते भएका उनको लम्की बजारस्थित लालरत्&zwj;न अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर भागेको ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्